एमाले नेता रावलको प्रश्न– विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफैँ प्रश्न गर्दै आफैँ जबाफ दिएका छन्, ‘छैन ।’

एमसीसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उनले लगाएका छन् ।

‘यहीबाटै नेपालको मामिला, कानुन र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौँ । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उनले लेखेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति