पाल्पा । नेकपा एमालेको चुनावी प्रचार अभियानमा नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।
पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।
आक्रमण परी चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते छन् ।
नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।
आक्रमणमा प्रचार प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंंकनाथ खनालले बताए । उनले रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर केसी र राजु गुरुङको नेतृत्वमा आक्रमण भएको बताए ।



प्रतिक्रिया