सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रेगनराज थापा सबैभन्दा बढी पढेका वडाध्यक्षको उम्मेदवार भएको पाइएको छ ।
थापा दुई विषयमा स्नातकोत्तर गरेको वडाध्यक्षका उम्मेदवार हुन् । थापाले सोसोलोजी र पोलिटिकल साइन्स विषयमा मास्टर्स गरेका छन् ।
उनी खुर्कोटमा रहेको भीमज्योति कलेजमा अध्यापनरत थिए । उनी नेकपा एमालेको तर्फबाट गोलञ्जोरको वडा नं. ७ का अध्यक्ष उम्मेदवार हुन् ।
दुई विषयमा स्नातकोत्तर गरेका व्यक्ति वडाध्यक्षको उम्मेदवारका रुपमा पाउँदा स्थानीय बासिन्दा खुशी छन् । वडाध्यक्षका उम्मेदवार पढेलेखेका व्यक्तिलाई पाउँदा धेरैको अपेक्षा पनि थापाप्रति रहेको पाइएको छ ।
थापाकै टीममा रहेका अर्का सदस्य समेत मास्टर्स गरेका व्यक्ति छन् । कुशल राई एमालेको तर्फबाट सो वडाको सदस्यका उम्मेदवार हुन् । उनी मेजर अंग्रेजी विषयमा मास्टर्स हुन् ।
प्रतिक्रिया