भैरहवामा प्रचार अभियान तीव्र पार्दै राजनीतिक दल

भैरहवा । रुपन्देहीको चासोको क्षेत्र रहेको भैरहवामा निर्वाचन गतिविधि बढेको छ । निर्वाचनमा होमिएका उम्मेदवारहरूले घरदैलोलाई प्राथमिकता दिँदै टोलमा प्रचार अभियान तीव्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १५ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दिएका छन् । ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले अन्तिम समयमा तालमेल गरी उम्मेदवारी फिर्ता गराएको छ । एमालेबाट डा‍‍.रामप्रसाद बस्याल एक्लै घरदैलो दौडाहामा छन् भने का‌ग्रेस, माओवादी केन्द्र सहितको समूह इस्तियाक अहमद खानसँगै घरदैलोमा छन् ।

यस्तै, राम्रै पकड बनाएका पूर्वमेयर सागर प्रताप राणा राप्रपाबाट प्रतिस्पर्धामा छन् । कांग्रेसमा क्रियाशील भएपनि अन्तिम समयमा टिकट नपाएर जसपा प्रवेश गरी मेयरकै भीडमा थपिएका मातृकाप्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट जुम्मन नाउ, नेकपा (एकीकृत समाजवादी)बाट थम्मन पुन, जनमत पार्टीबाट बद्री नारायण मुराव, लोसपाबाट मोहम्मद वसीर मुसलमान, नेपाल जनता पार्टीबाट लालमन शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट हसनरजा मुसलमान र राष्ट्रिय जनमोर्चाबाट हिरालाल धामी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रुपमा भने ईश्वरी खडका, ख्यामान भुसाल, अशिष बुढाप्रित र तुल्सीप्रसाद न्योपाने टिपी पनि आफ्नो एजेन्डासहित मेयरको लागि प्रचार प्रसारमा छन् ।

घरदैलोमा सर्वसाधरणको पनि उत्साहपूर्ण सहभागिता छ । गठबन्धनको घरदैलोमा टोलटोलबाट सर्वसाधारणको उलेख्य सहभागिता छ । गठबन्धनका उम्मेदवार टोलमा पुगेपछि मतदाताले पनि स्वागत गर्न र मत दिने आश्वासन दिइरहेका छन् ।

घरदैलोमा प्रमुख र उपप्रमुख पदका उम्मेदवारले स्थानीय बासिन्दाका समस्याबारे पनि जानकारी लिने गरेका छन् । निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनीहरुले मतदातालाई दिइरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board