काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा नम्बर १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् ।

वडा १८, २२ र २७ मा नेकपा (एमाले)बाट मात्र उम्मेदवारी परेको थियो भने वडा २३ मा नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board