महिलालाई कार्यस्थलमा सुरक्षित ढंगले काम गर्ने वातावरण बनाउँछौँ : सुनिता डंगोल

काठमाडौँ । नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी सुनिता डंगोलले महिलाहरुलाई कार्यकक्षमा सुरक्षित भएर काम गर्ने प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएकी छन् ।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले एमालेको जित सुनिश्चित भएपछि विभेद र अन्यायका विरुद्ध लाग्ने बताइन् ।

“विशेषगरी हाम्रो आवाज विभे र अन्यायका विरुद्ध हुने छ,” उनले भनिन्, “सम्पूर्ण श्रमिक साथीहरुको आवाज बनेर हामी स्थानीय सरकारबाट अघि बढ्नेछौँ ।”

डंगोलले महिनावारीको बेला महिलालाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई बिदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने योजना पनि सुनाइन् ।

उनले भनिन्,“कार्यस्थलमा महिलालाई सुरक्षित हुने प्रबन्ध गर्नेछौँ । महिनावारीको समयमा बिदाका लागि प्रबन्ध गर्न सक्छौँ भनेर नीति र कार्यक्रम ल्याउनेछौँ ।”

उपमेयर उम्मेदवार डंगोलले महिलालाई पुरुषसरह ज्याला पाउने प्रबन्ध पनि आफू विजयी भएमा व्यवस्था गर्ने संकल्प गरिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board