आयाेगले ताेक्याे खर्च हद, मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउने

काठमाडौं, १८ वैशाख । स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयरका उम्मेदवारले साढे सात लाख मात्रै खर्च गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ। आयोगले ईबुलेटिनमार्फत सूचना प्रकाशित गरी उम्मेदवारले गर्न पाउने खर्चको हदबारे सचेत गराएको छ। आयोगका अनुसार, महानगर मेयर र उपमेयरका उम्मेदवारले साढे सात लाखसम्म खर्च गर्न पाउनेछन्। त्यस्तै, महानगरका वडाध्यक्ष, वडा सदस्य र दलित महिला सदस्यले तीन लाखसम्म मात्रै खर्च गर्न पाउनेछन्। यसैगरी, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे पाँच लाखसम्म खर्च गर्न पाउनेछन्। वडाध्यक्ष र सदस्यहरुले दुई लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्। नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई साढे चार लाखसम्म खर्च गर्ने छुट दिइएको छ। त्यस्तै, वडाध्यक्ष र सदस्यहरुले दुई लाखसम्म खर्च गर्न पाउनेछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने व्यवस्था छ। वडाध्यक्ष र सदस्यका उम्मेदवारले भने एक लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति