काठमाडौँमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौँमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताएका हुन् ।

‘काठमाडौँको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । उहाँ यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् । विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ उनले भने ।

काठमाडौँलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board