चुनाव जिते सरकारी सुविधा नलिने राप्रपा उम्मेदवारको घोषणा

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले चुनाव जितेपछि तलब नलिने, सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।

‘स्थानीय जनता र गाउँ ठाउँको हितमा म इमान्दार भएर काम गर्ने छु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ राप्रपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले चुनावी सभालाई सम्बोधन गर्दै भने ।

‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा, गाउँपलिका अध्यक्षको तलब नलिने, सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मूलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु,’ उनले भने ।

राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेदवार रोशिना बोहोराले विपन्न र जेहेन्दार एक विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति दिने बताइन् ।

महिला र युवाद्वारा सञ्चालित साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने बोहोराले कार्यक्रमलाई सम्बोधन गर्दे भनिन् ।

राप्रपाका उम्मेदवारहरुले १२ कक्षासम्म निःशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म रू ३ हजार मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board