स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत

हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् ।

सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए ।

स्थानीय तह आफैँमा एउटा सरकार भएकाले स्थानीय तह आफैँले निर्वाचन गराउनु पर्नेमा अहिले पनि केन्द्रकै भर पर्नु परेको उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्ने उनले जोड दिए । ‘सबैबाट सबैका लागि आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने निर्वाचन भनेको समाज रुपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पुर्‍याउन जरुरी छ ।’

निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन भइरहेको पनि उनले जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board