जिम्बाबे ‘ए’विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १८ वैशाख । जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाबे टोलीले त्रिबि मैदानमा टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल क्रिकेट संघ क्यानले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतलिका परिवर्तन गर्दा आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो । युवा अलराउण्डर वासिर अहमदले पहिलोपल्ट सिनियर टिममा अवसर पाएका छन् । टेष्ट मान्यताप्रप्त जिम्बाबेको ए टिम भएको हुनाले यो शंखलाले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन । जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवशीय खेलको शृंखलाका लागि नेपाल आएको छ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहोरो र वासिर अहमद रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति