नेपालका लागि पूर्वभारतीय राजदूत क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाले, नयाँ प्रधानसेनापति पाण्डे

काठमाडौं । भारतमा नयाँ प्रधान सेनापति मनोज पाण्डेले कार्यभार सम्हालेका छन् ।

मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन् । पाण्डे २९औं प्रधान सेनापति हुन् ।

पाण्डे सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ इन्जिनियर्समा भर्ती भएका थिए । भारतीय सेना प्रमुख नेपाली सेनाको पनि मानार्थ महारथी हुने प्रचलन छ ।

त्यसैगरी, नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन् ।

हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव बनेका हुन्।

क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए। क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।

नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति