निर्वाचनबारे टिकटकमा ५० लाख भ्यूज पुर्याउनुस, ५० हजार जित्नुस

काठमाडौं । निर्वाचनबारे सन्देशमुलुक भिडियो बनाएर टिकटकमा ५० लाख भ्यूज पुर्याउनेलाई निर्वाचन आयोगले ५० हजार पुरस्कार दिने भएको छ ।

त्यसैगरी, ३० लाख भ्यूज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।

आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने जनाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति