भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिने छ : लिङदेन

लमजुङ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीसहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभइ सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,” उनले भने ।

स्थानीय निर्वाचनमा आफ्ना उम्मेदावरले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।

“देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउनुहोस्, हामी भ्रष्टाचारमुक्त देश निर्माण गर्नेछौँ,” उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board