जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन

सिरहा । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति