भरतपुर मेयरका बागी उम्मेदवार पौडेलमाथि लाग्यो गम्भीर आरोप (भिडियो)

काठमाडौं । सत्ता गठबन्धनको सहमतिविपरित उम्मेदवारी दर्ता गरेका भरतपुर महानगरपालिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलमाथि गम्भीर आरोप लागेका छन् ।

शनिबार चुनाव चिन्ह भुईँकटहर पाएसँगै उनीमाथि लागेको गम्भीर आरोपको भिडियोको अहिले भाइरल बनेको छ ।

उनीसँग अमेरिकाको ग्रिनकार्ड रहेको आरोप छ । एक टेलिभिजन कार्यक्रममा उनले आफूसँग नरहेको स्पष्टीकरण दिएका छन् ।

पत्रकारले अमेरिकामा ग्रिनकार्ड रहेको मान्छेले यहाँ बसेर जनताको सेवा नै गर्नुहुन्छ भन्ने के ग्यारेण्टी ? भनेर सोधेको प्रश्नमा उनले आफ्नो छोरा र छोरी अमेरिकामा रहेकोले उनीहरुलाई भेट्न जाने गरेको बताएका छन् ।

आफू अमेरिकामा छोरा र छोरीलाई भेट्न जाने गरेको भन्दै उनले अमेरिकामा जाँदा २ देखि ३ हप्तामात्रै त्यहाँ बस्ने गरेको भन्दै पुरै समय चितवनका बासिन्दालाई दिने गरेको तर्क गरे । उनले आफूले नेपाललाई नै अमेरिका जस्तो बनाउन लागिपरेको रुपान्तरणको पक्षमा रहेको मान्छे अमेरिकामा नै गएर जिवन बिताउने भन्ने नरहेको बताए ।

https://fb.watch/cJ1hxBvt33/
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board