मनहरीमा अध्यक्ष उम्मेदवारले न्यौपानेले लिए उम्मेदवारी फिर्ता

हेटौंडा । मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् ।

नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बिपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बिपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी दिएकी जानुकी लामाले भने उम्मेदवारी कायम राखेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति