पोखरामा कांग्रेसबाट मेयरका दुई बागी उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

काठमाडौं । पोखरामा नेपाली कांग्रेसका दुई जना बागी मेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्तापछि उनीहरुले कांग्रेसको प्रतिवद्ध कार्यकर्ता भएकाले पार्टीको निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

सत्ता गठबन्धनमा पोखरा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस भागवण्डा लागेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति