निर्वाचन आयोगबाट प्रदेश सभामुख, सांसदसहित पाँच दललाई आचारसंहिता उल्लंघनको कारवाही सिफारिस

काठमाडौं । आचारसंहिता उलंघन गरेको भन्दै प्रदेश सभामुख, सांसदसहित पाँच दललाई निर्वाचन आयोगले तथा नेतालाई कारबाहीको सिफारिस गरेको छ।

आयोगको सचिवालयले बिहीबार बसेको बैठकमा आचार संहिताको उल्लंघन गरेको भन्दै राजनीतिक दल तथा नेताहरूलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले जनाएको छ।

आयोगले कारबाही सिफारिस गर्नुअघि स्पष्टीकरण सोधेको थियो । त्यसपछि आयोगले तीन राजनीतिक दल, एक सासंद र एक सभामुखलाई कारबाही गर्न सिफारिस गरेको हो।

माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपालाई बिहीबार बसेको बैठकमा आयोगले कारबाही गर्न सिफारिस गरेको हो ।

त्यसैगरी, सांसद शंशाक कोइराला र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति