माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार एमालेमा प्रवेश

रसुवा । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष बनेका एक उम्मेदवार एकाएक एमाले प्रवेश गरेका छन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार एकाएक नेकपा एमालेमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रको गाउँपालिका इन्चार्ज समेत रहेका उम्मेदवार तेन्जिन छेसाङ तामाङले बिहीबार पार्टी छाडेर एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्। बिहीबार एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

माओवादी केन्द्रबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिनेगरी आफू एमालेमा प्रवेश गरेको उनले उल्लेख गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति