सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच चुनावी तालमेल

काठमाडौं । सत्तागठबन्धन छाडेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेको छ ।

चुनावी तालमेलका लागि दुई दलबीच आन्तरिक सहमति भइसकेको छ। जस अनुसार शुक्रबार साँझसम्म यसअघि उम्मेदवारी दर्ता गराएका माओवादी र एमालेका उम्मेदवारले फिर्ता लिनेछन् ।

माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा एमालेबाट मन्जु नेपाल भण्डारीले उम्मेदवारी फिर्ता लिने सहमति भएको हो। एमाले जिल्ला अध्यक्ष कमल नेपालका अनुसार सो बारेको निर्णय गर्न शुक्रबार दिउँसो १२ बजे पार्टीको बैठक बस्दै छ।

‘सुनकोशी गाउँपालिकामा वार्ता भएर सहमति भएको भन्ने सुनिएको छ’ उनले भने, ‘सोही सहमति कार्यान्वयन गर्नका लागि बैठक बस्दै छौं।’

अध्यक्ष एमालेलाई दिने र उपाध्यक्ष माओवादीलाई दिनेगरी सहमति भएको नेपालले बताए। दुईवटै वार्ता टोलीले सहमति गरिएको उनले बताए।

उता, माओवादी केन्द्रका जिल्ला इन्चार्ज माधव सापकोटा सुबोधले पनि सुनकोशीमा सहमति हुनेगरी माइन्युट भएको बताए। यद्यपि कार्यान्वयन हुने नहुने भन्नेबारेको औपचारिक निर्णय भने हुन बाँकी रहेको उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति