माओवादीका उम्मेदवार नै एमाले प्रवेश

रसुवा, १६ वैशाख । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको गाउँपालिका इन्चार्जसमेत रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन् । एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।

एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board