मन्त्री झाँक्रीकाे स्पष्टीकरणः भ्रमणकाे निर्णय पहिले नै भएकाले आचारसंहिता लाग्दैन

काठमाडौं, १५ वैशाख । शहरी विकास मन्त्रालयले मन्त्री रामकुमारी झाक्रीको विदेश भ्रमणबारे पहिल्यै निर्णय भएकाले आचारसंहिता नलाग्ने दावी गरेको छ ।

मन्त्रीको तर्फबाट निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्रालयले आचार संहिता लागू गर्ने निर्णय हुनुभन्दा पहिले नै मन्त्री झाक्रीको भ्रमण स्विकृत भएको जनाएको हो । ‘आचारसंहिता लागू हुनुअघि नै नेपाल सरकारको निर्णय अनुसार, मन्त्रीज्यू पूर्वनिर्धारित कार्यक्रम बमोजिम मनोनयन स्विकृत भई उक्त कार्यक्रममा सहभागिताका लागि प्रस्थान गर्नुभएको हो’ मन्त्रालयले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । मन्त्रालयको दाबीअनुसार २४ चैतमा बसेको मन्त्रिपरिषद बैठकले नै मन्त्री झाक्रीको भ्रमण अनुमोदन भएको थियो । त्यसको भोलिपल्टदेखि मात्र आचारसंहिता लागू भएको थियो भने मन्त्री न्यूयोर्कमा २८ अप्रिलमा हुने नयाँ शहरी योजना कार्यान्वयनको प्रगतिबारे उच्चस्तरिय बैठकमा ९ वैशाखमा अमेरिका गएकी थिइन् । निर्वाचन आयोगले भने भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले कुनै जानकारी नगराएको र स्विकृती पनि नलिएको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति