बागीलाई मिलाउन देउवाका दूत बनेर भरतपुर पुगे गृहमन्त्री खाण

काठमाडौं । कांग्रेसबाट भरतपुर महानगरपालिकामा बागी बनेका उम्मेदवार मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाड चितवन पुगेका छन् ।

बुधबार दिउँसो भरतपुर पुगेका खाडले असन्तुष्टलाई सम्झाउन आफू चितवन आइपुगेको जानकारी गराएका छन् । भरतपुर एयरपोर्टमा पत्रकारहसँग कुराकानी गर्दै उनले असन्तुष्टहरुलाई सम्झाउन आएको बताए ।

सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो । माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन् ।

कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति