काठमाडौं, १४ वैशाख । काठमाडौंको म्हेपीमा नगद र गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ।
काठमाडौं महानगरपालिका-१७ म्हेपीस्थित तीन तले घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा चोरी भएको हो। प्रहरी उपरीक्षक मैनालीका अनुसार १२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको हो। डेरामा कोही नभएको बेलामा चोरी भएको हो। घटनाको प्रहरी वृत्त स्रोहखुट्टे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया