जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको पार्टीको स्वतन्त्र उम्मेदवारी

जुम्ला, १४ वैशाख । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै, सिजा गाउँपालिकाको अध्यक्षका लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, सिजा गाउँपालिकाको १ वडाध्यक्ष पदका लागि शक्तसिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यका लागि गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

हिमा गाउँपालिका–६ वडाध्यक्षका लागि रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । ६ वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारीका रमेश रावत ‘विक्रान्त’ यसअघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बताउँछन् । उनले भने, “यस पटक स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार दिएको छु ।”

उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुःख पाएको बताए । उनले शिक्षित, विद्वान् दक्ष, क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board