एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवा ?

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएको छ ।

वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।

वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । “२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,” वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिको समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराको फुटेज पनि हेरिने उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board