भोजपुरमा माओवादीले गर्‍यो तीन कार्यकर्तालाई कारवाही

भोजपुर, १३ वैशाख । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ ।

एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् । कारवाहीमा पर्नेहरुमा भोजपुर नगरपालिका नगरपालिका ११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिकाको वडा नम्बर ९ का शेखर तामाङ र वडा नम्बर १३ का ओमकुमार श्रेष्ठ रहेका भुजेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति