च्याम्पियन्स लिग : दुई लिग लिडर रियल र सिटी भिड्दै

काठमाडौँ, १३ वैशाख । युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो ।

अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अंकको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुवै टोली दुई लिगमा शीर्ष स्थानमा छन् ।

यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुने छ । खेल नेपाली समयअनुसार आज (मंगलबार) मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुने छ ।

दोस्रो लेग रियलको घरेलु मैदानमा ४ मे मा आयोजना हुने छ । यसपछिको फाइनल खेल भने अर्को महिना फ्रान्स राजधानी पेरिसमा हुने छ ।

पहिलो लेग अघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र रियलका प्रशिक्षक कार्लो एन्सेलोटी दुवै आ–आफ्नो बलियो एघारलाई मैदान प्रवेश गराउनेछन् र फाइनल नजिक पुग्ने योजनामा छन् ।

केभिन डे ब्रुयन, बर्नाण्डो सिल्भा, फिल फोडेन, रियाद मेहरेज, रहिम स्टर्लिङ, रोड्री, केली वाल्कर, गाब्रियल जेसुस गोलरक्षक इडर्सन रियलका लागि घातक हुन सक्छन् ।

यता, रियलले पछिल्लो समय उच्च लयमा रहेका फरवार्ड तथा कप्तान करिम बेन्जेमालाई मुख्य हतियार बनाउने छ । अन्तिम आठको खेलमा उनले पेरिस सेन्ड जर्मेन (पिएसजी)विरुद्ध ह्याट्रिक गरेका थिए ।

उनको साथमा भिनिसियस जुनिअर, कासेमिरो, लुका मोड्रिक, डेभिड अलबा जस्ता खेलाडी छन् र उनीहरूले सिटीलाई घरेलु मैदानमा दबाब सिर्जना गर्न सक्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board