कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

सुर्खेत, १३ वैशाख । कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाको मेयरमा महिलाको उम्मेदवारी परेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति