ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङ, १३ वैशाख । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता गर्न अन्य प्रतिस्पर्धि नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

गाउँलेहरुले चयन गरेका उम्मेदवारबाहेक सो वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए ।

गाउँलेहरुले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए । ओलाङचुङगोला समुन्द्र सतहदेखि ३ हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो । यस बस्तीमा जम्म ५३ घरपरिवार बसोबास गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board