३५ हजार २११ पदका लागि एक लाख ३६ हजार २६९को उम्मेदवारी, कुन पदमा कति उम्मेदवार ?

काठमाडौँ, १३ वैशाख । स्थानीय तह निर्वाचनमा ७५३ ओटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदै छ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयरः ३ हजार २६१

अध्यक्षः ३ हजार २५४

उपमेयरः २ हजार ३

उपाध्यक्षः २ हजार २९२

वडाध्यक्षः ३२ हजार ५९

महिला सदस्यः २३ हजार ३ सय ७५

दलित महिला सदस्यः २१ हजार ११५

सदस्यः ४८ हजार ९१०

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board