एमालेले खोल्यो खाता : वडाका ६ अध्यक्षसहित गाँउपालिका अध्यक्ष निर्बिरोध

डोल्पा । डोल्पाको शे(फोक्सुन्डो गाउँपालिका अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका धाव सम्डुक गुरुङ निर्विरोध भएका छन् ।

यो गाउँपालिका अध्यक्षमा एमालेका गुरुङ बाहेक अरुको उम्मेदवारी नपरेको हो । तर निर्वाचन आयोगले यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । गुरुङ नेकपा एमालेका डोल्पाका उपसचिव हुन् । उनले गाउँपालिकाको ९ वडामध्ये ६ वटामा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको बताएका छन् ।

गुरुङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलसहित निर्विरोध निर्वाचित भएका छन् । गुरुङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएको छ ।

त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल निर्विरोध भएको छ ।

वडा नम्बर ७ मा पेमा छिरिङ गुरुङको प्यानल निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल निर्विरोध भएको छ । यद्यपि निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति