हेटौंडाको मेयर र उपमेयरमा जसपाको छुट्टै उम्मेदवार

हेटौंडा, १२ वैशाख । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ ।

५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो । जसपाका तर्फबाट हेटौंडाको मेयरमा दिपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गरेसँगै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनको तर्फबाट भने मेयरमा एकीकृत समाजवादीकी मीना लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बाँनियाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति