उम्मेदवारी मनोनयनका क्रममा झापामा व्यापक आचारसंहिता उल्लंघन

झापा । उम्मेदवारी मनोनयनको क्रममा झापामा आचारसंहिताको व्यापक उल्लंघन भएको छ । ठुला राजनीतिक दलले आचारसंहिता प्रतिकुल हुने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपाललेका अनुसार सवारी साधनमा झन्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धन, नेकपा (एमाले) र राप्रपाले आचारसंहिताको धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका छन् । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झन्डा राखेका छन् ।

यस्तै, सवारी साधनमा साउन्ड सिस्टम राखेर प्रचारमूलक जिङ्गल पनि बजाउँदै मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका छन् । ठुला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन छ । ठुला राजनीतिक दलले झापाका १५ ओटै स्थानीय तहमा मनोनयन दर्ता गर्न जाँदा शक्ति प्रदर्शन गरेका छन् । ‘झन्डा पनि सीमित मात्र पाइन्छ । धेरै गाडीमा झण्डा राख्न पाइँदैन । जिङ्गल बजाउन त पाइँदै पाइँदैन,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने, ‘यस्तो गर्नु आचारसंहिता उल्लंघन गर्नु हो ।’

उनले आचारसंहिता उल्लंघन गर्ने दललाई अनुगमन गरेर कारबाहीसमेत गर्ने चेतावनी दिए । ‘हामीले पनि अनुगमन गरिरहेका छौँ । हामीले त्यास्तो पाएका छैनौँ,’ उनले भने यदि त्यस्तो पायौँ भने सम्बन्धितदललाई कारबाही गर्छौँ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board