मुगुमा विप्लवले स्वतन्त्र उम्मेदवार उठायो

  • खड्क सुनार

मुगु । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही वडाका हुकुमसिंह सावत र खड्क रोकायाले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

नगरपालिकाको वडा नम्बर १४ मा वडा अध्यक्ष पदमा धनमासिंह बढुवालले मनोनयन दर्ता गराएका छन् । सदस्यमा रंग बढुवाल र सक्क बढुवालले मनोनयन दर्ता गएको नेकपा विप्लवका मुगु नगर इन्चार्ज गणेश सावत (अडिकले) बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board