म्याग्दी, १२ वैशाख । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको एक स्थानीय तहबाहेक अन्यमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन ।
भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । सोमबार अन्तिम समयसम्म पनि बैठक बस्दा भागबण्डा नमिलेपछि गठबन्धन असफल भएको थियो । म्याग्दीको धवलागिरी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा दलहरु एक्लै प्रतिस्पर्धामा गएका छन् । बेनी नगरपालिकाको मेयर उपमेयरमा तालमेल नभए पनि वडा नंं ६, २, ८, ९ र १ नम्बर वडामा गठबन्धन भएको छ । त्यस्तै अन्नपूर्णमा माओवादीले दुई वडा सदस्य लिएर तालमेल गरेको छ । मंगलामा सहमतिको प्रयास भए पनि अन्तिम समयमा कुरा नमिल्दा माओवादीले अध्यक्षमा टेकबहादुर विक र उपाध्यक्षमा सुकमाया रोकालाई उठाएको छ ।
म्याग्दीका पालिकामा दर्ता भएका उम्मेद्वारहरूः
बेनी नगरपालिका
नेपाली कांग्रेस
मेयरः चिरञ्जीवी शर्मा
उपमेयरः अमृतदेवि बानियाँ
नेकपा एमाले
मेयरः सुरत केसी
उप मेयरः पशुपति शाही
नेकपा माओवादी
मेयरः धनिलाल जैसी
उपमेयरः ज्योती लामिछाने
राप्रपा
मेयरः मिना कुमारी शर्मा सापकोटा
उपमेयरः एकेन्द्र बहादुर रावल
रघुगंगा गाउँपालिकामा
नेपाली कांग्रेस
अध्यक्षः भब बहादुर भण्डारी
उपाध्यक्षः प्रेम कुमारी पुन
नेकपा एमाले
अध्यक्षः प्रेमबहादुर कार्की
उपाध्यक्षः यामकुमारी पुन
नेकपा माओवादी
अध्यक्षः मिना विक
उपाध्यक्षः रिम कटुवाल
मालिका गाउँपालिका
नेपाली कांग्रेस
अध्यक्षः श्रीप्रसाद रोका
उपाध्यक्षः पिपला बुढा मगर
नेकपा एमाले
अध्यक्षः बेगप्रसाद पुन
उपाध्यक्षः लक्ष्मीदेवी पुन
नेकपा माओवादी
अध्यक्षः सुविन जुग्जाली
उपाध्यक्षः गौरी सेन्चुरी
मंगला गाउँपालिका
नेपाली कांग्रेस
अध्यक्षः बिरेद्र बुढाथोकी
उपाध्यक्षः शर्मिला थापा
नेकपा एमाले
अध्यक्षः सतप्रसाद रोका
उपाध्यक्षः पेमा अधिकारी
नेकपा माओवादी
अध्यक्षः टेकबहादुर विक
उपाध्यक्षः सुकमाया रोका
अन्नपूर्ण गाउँपालिका
नेपाली कांग्रेस
अध्यक्षः क्या. बलबहादुर तिलिजा
उपाध्यक्षः ललिता तिलिजा पुन
नेकपा एमाले
अध्यक्षः भरत पुन
उपाध्यक्षः दिवा पुन
प्रतिक्रिया