एमालेबाट वीरगञ्जको मेयरमा विजय सरावगीको उम्मेदवारी दर्ता

वीरगञ्ज । नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् ।

कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनकै अगाडि आफूले दल परिवर्तन गर्नुपर्नाको कारण प्रस्ट पार्दै आफूलाई साविकको दलले सदैव हेप्ने काममात्र गरेको आरोप लगाए ।

उनले आफूले मेयरका रुपमा हालसम्म गरेका कामलाई टुङ्गोमा पुर्याउन र थप नयाँ काम सुरु गर्न उम्मेदवारी दिएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति