कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केहीबेर अघि बाजागाजासहित पुगेकी सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धन दलबीच चुनावी तालमेल हुँदा काठमाडौंको मेयर कांग्रेसले पाएको थियो भने उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ । कांग्रेसमा काठमाडौं उपत्यकाका नेता प्रकाशमान सिंहको पकड छ ।

नेता सिंहकै चाहनाबमोजिम सभापति शेरबहादुर देउवाले उनकी धर्मपत्नी समेत रहेकी नेतृ सिंहलाई कांग्रेसकातर्फबाट मेयर पदको उम्मेदवार बनाएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति