टिकट लिएर हेलिकप्टर चढेर पुगेका मेयर उम्मेदवारलाई कांग्रेस कार्यकर्ताले नै कुटे, टिकट नै खोसिए (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले मेयरको टिकट लिएर उम्मेदवारी दर्ताका लागि पुगेका नेतालाई कुटपिट गरेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा धर्मराज पोखरेल टिकट लिएर दिक्तेल पुगेका थिए । प्रदेश समितिबाट निर्णय गराएर उनी हेलिकप्टरमार्फत दिक्तेल पुगेका थिए ।

दिक्तेल ओर्लनासाथ कांग्रेस कार्यकर्ताहरुले उनीमाथि कुटपिट गरेका थिए । उनलाई प्रहरीले जोगाएका छन् ।

कांग्रेसको चर्को विरोधपछि सो नगरपालिकामा कांग्रेसले टिकट अर्को नेतालाई दिएका छन् । तिर्थ भट्टराईलाई निकट दिएपछि कार्यकर्ता शान्त बनेका छन् ।

पोखरेल केही समयअघि मात्र राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता हुन् । पहुँचका भरमा कांग्रेसको मेयरको टिकट लिएको भन्दै उनीमाथि कार्यकर्ताले आक्रोस पोखेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board