भरतपुरको मेयर उम्मेदवारमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा ९एमाले०का विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

उनको प्रस्तवकमा देवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहेका छन् । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवार भने आएका छैनन् ।

नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति