काठमाण्डौ, १२ बैशाख । काठमाण्डौ महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कलाकार तथा अभिनेता मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएको छ ।
आज सोमवार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह पुगेर श्रेष्ठले मेयरमा मनोनयन दर्ता गराएको हो । कलाकार श्रेष्ठ लामो समयदेखि राप्रपामा सक्रिय छन् । उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले महानगरवासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाण्डौ नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक र बालबालिकाका लागि बाटिका, युवालाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । राप्रपाले काठमाण्डौ महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया