टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजीनामा

भक्तुपर, १२ वैशाख । स्थानीय तह निर्वाचनमा टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका हुन् । उनले पार्टी सभापतिलाई सम्बोधन गरी सोमबार राजीनामा दिएका हुन् ।

उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् ।

उनको राजीनामाले सूर्यविनायक कांग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिधैँ एमालेलाई हुनसक्ने आंकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board