पोखराको उपमेयरमा कांग्रेसबाट सुरेन्द्रमान विजुक्छे उम्मेदवार

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् ।

कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ ।

योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो । मेयरमा नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन् । प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति