पोखराको मेयरमा उठ्न प्रदेश सांसद्‌बाट कृष्ण थापाले दिए राजीनामा

पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद् कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।

उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै दोहोरिने भएकी छन् । यसअघि आफू नउठ्ने बताएकी मञ्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board