एमालेले बाग्लुङमा टुंगो लगायो उम्मेदवार

बागलुङ, १२ बैशाख । बागलुङका पाँच वटा स्थानीय तहमा नेकपा एमालेका उमेद्वारको टुंगो लागेको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमीटिले पालिका कमिटिले गरेको सिफारीसका आधारमा उमेद्वारको टुंगो लगाएको हो ।

एमाले बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपालीका अनुसार बागलुङ नगरपालिकाको प्रमुखमा जनकराज पौडेल र उप प्रमुखमा पवित्रा रोका उमेद्वार बन्ने भएका छन् । पौडेल यसअघीको निर्वाचनमा एमालेबाट निर्वाचित नगर प्रमुख हुन् ।

एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाई उमेद्वार बनाउने भएको हो ।

ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली र करमती पुनलाई एमालेले दोहोराउने भएको छ । बागलुङका बाँकी पाँचवटै स्थानीय तहमा यसअघीनै उमेद्वारको टुंगो लागेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति