माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र जारी नगर्ने भएका छन् ।

गत चैत २२ मा स्थानीय तहसम्वन्धी अपिल सार्वजनिक गरेको माओवादी केन्द्रले घोषणापत्र बनाउने जिम्मेवारी स्थानीय तहलाई नै दिएको छ । यसअघि जारी भएका अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

सोही अपिललाई मार्गदर्शन मानेर स्थानीय तहले नै घोषणापत्र बनाउने माओवादी केन्द्रका केन्द्रीय सचिव श्रीराम ढकालले बताए ।

माओवादी केन्द्रले केन्द्रबाट घोषणापत्र सार्वजनिक गरेर स्थानीय तहको अधिकारमा हस्तक्षेप गर्न नचाहेको नेताहरुको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति