पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ, १२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन् ।

स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उनले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board