रामेछाप समाज जापान पुनर्गठन, अध्यक्षमा शान्त पहरी

टोकियो । रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आईतवार सम्पन्न भेलाले तेस्रो अधिबेशन ६ महिना भित्र गर्ने गरी नयाँ समिति निर्माण गरेको हो ।

समाजका तत्कालीन सचिब जानुका श्रेष्ठको अध्यक्षतामा, जापानका रामेछापेली सफल युवा ब्यवसायी, समाजसेवी श्याम खड्काको प्रमुख आतिथ्यता र पत्रकार शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।

सन २०१६ अप्रिल महिनामा स्थापना भएको रामेछाप समाज जापानको कार्य समिति दोस्रो अधिबेशन बिगत ३ वर्षअघिबाट निष्क्रिय रहेको थियो । आजको भेलाबाट जानुका श्रेष्ठलाई उपसंयोजक र बिनुका खड्कालाई आर्थिक संयोजक तोकेको छ ।

मादल रेष्टुरेण्ट कामतामा शुभकामना आदान प्रदान गरी सम्पन्न भेलाले समाजको संरक्षक तथा सल्लाहकारहरुमा श्याम खड्का, सुदन थापा, निकेश श्रेष्ठ, पर्शुराम बस्नेत, नारायण खड्का, सिजन तामाङ, कर्मा लामालाई चयन गरेको छ ।

भेलाले समाजको कार्यसमिति सदस्यहरुमा रामहरी खपाङगी मगर, भीम रायमाझी, शिक्षाशान्ति वाईबा, मनिता मोक्तान, निर्मल श्रेष्ठ, प्रकाश बुढाथोकी, सुमन कार्की, जनक खड्का, तेज थिङ, अंकित बुढाथोकी, सरिता तामाङ, अनुज केसी, सलिना मोक्तान, रविन दोङ, उपेन्द्र बुढाथोकी, कल्पना खड्का, उत्तम कार्की, लेकी शेर्पालाई गयन गरेको छ ।

रामेछाप समाज जापानको पुनर्गठन तथा शुभकामना आदान प्रदान कार्यक्रममा चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी, नवलपुर समाज जापानका सचिब ऋषिराम पौडेल, महिला नेतृ मुना सुनार लगाएतले शुभकामना दिनु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति