विराटनगरमा एमालेले बनायो सागर र शिल्पालाई प्रमुख-उपप्रमुखको उम्मेदवार


काठमाडौं, बैशाख १२ । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ ।

विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएका हुन् ।

थापा दुई महिना अघिदेखि नै चुनावको तयारीका लागि भन्दै घरदैलो अभियानमा थिए । ‘उम्मेदवार फाइनल भएको जानकारी फोनमा आयो,’ उनले सोमबार बिहान भने । उनले आज दिउँसो उम्मेदवारी मनोनयन दर्ता गर्ने बताए ।नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति